५ माघ २०८२, सोमबार | January 19, 2026

कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैन : मुख्यमन्त्री कार्की

उर्लाबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेको बताएका छन् । आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशको नयाँ नामाकरण सम्भव नभएको बताएका हुन् । उनले भने, “नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१…