काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो रहेको टिप्पणी गरेका हुन् । ‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय…