काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनले फेरि परीक्षण गराएका थिए । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको…