तम्घास । गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका-१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने…