काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए । नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको…