११ पुस २०८२, शुक्रबार | December 26, 2025

माओवादी बैठक : १६ देखि २५ वर्षका झण्डै ६१ लाख युवालाई जनयुद्ध र गणतन्त्रबारे बुझाइने

काठमाडौं । सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक आज पनि बस्यो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको अवस्था र पार्टीको नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।…