१० पुस २०८२, बिहिबार | December 25, 2025

रातु नदीको बहाव बढ्यो, तटीय क्षेत्रमा सुरक्षित रहन प्रशासनको आग्रह

महोत्तरी । महोत्तरीको रातु नदीको बहाव बढेको छ । गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ । स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।