नेपालगन्ज । नेपालगन्जमा नवौं संस्करणको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु भएको छ । आज एक समारोहकाबीच नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रिय सदस्य शोभा ज्ञवालीले प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरे । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा सुरु भएको प्रदर्शनीको उदघाटन गर्दै उपमहानगर प्रमुख विष्टले स्थानीय दिदीबहिनीहरुले उत्पादन गरेको…