७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९

दोलखामा एमालेको अग्रता


दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखा प्रदेशसभा-१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।


बाजुरा प्रदेशसभा (२) बाट कांग्रेसका शाही निर्वाचित


बाजुरा । बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याएका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरेका हुन । सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो ।

कार्यालयले शनिबार बेलुकी प्रदेशसभा-१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा-१ का नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन । प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका छन ।


समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो, कसकाे कति ?


काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ ।

हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८७ हजार सात सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख आठ सय ७८, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार तीन सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार पाँच सय ९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय १३ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानूनी प्रबन्ध छ ।

नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १४, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार सात सय ८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ । एमालेले छ लाख ६५ हजार चार सय ६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राप्रपाले एक लाख ९८ हजार पाँच सय ११, माओवादीले एक लाख ८१ हजार दुई सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार सात सय २३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा १८ लाख ५७ हजार नौ सय ६६ मत गणना भएको छ । सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार तीन सय ७२, नपाल मजदुर किसान पार्टीले ६८ हजार छ सय ५४ र नेकपा (एकीकृत समाजवादी)ले ६४ हजार एक सय आठ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा नौ लाख ८४ हजार पाँच सय ३९ मत गणना भएको छ । त्यसमा एमालेले तीन लाख ६७ हजार तीन सय ६१, कांग्रेसले तीन लाख ४९ हजार दुई सय १५, माओवादीले एक लाख १६ हजार आठ सय ५१, राप्रपाले ५९ हजार चार सय ४३, हाम्रो नेपाली पार्टीले १८ हजार सात सय ३२ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । त्यसमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ मत गणना भएको छ । त्यसमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, काँग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादीले एक लाख ३७ हजार छ सय २९, नेकपा(एकीकृत समाजवादी)ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ९३ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार आठ सय ९४ मत गणना भएको छ । त्यसमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, काँग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४, राप्रपाले ४३ हजार आठ सय आठ र नेकपा(एकीकृत समाजवादी)ले ४१ हजार आठ सय ३९ मत प्राप्त गरेको छ ।

देशभरका अन्य स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । दोलखा, बाजुरा र स्याङजाको मतगणना भने जारी रहेको आयोगले जनाएको छ ।


दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै


दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।

हालसम्म मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले छ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले पाँच हजार २४६ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा ११ हजार चार सय नौ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले पाँच हजार ६ सय ९३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले चार हजार पाँच सय १५ मत ल्याएका छन् । उता प्रदेशसभा (२) मा ११ हजार पाँच सय २३ मतगणना हुँदा एमालेका भरत केसीले पाँच हजार एक सय ७५ र कांग्रेसका बर्मा लामाले पाँच हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।


स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै


स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन् ।

बिहान ६ बजे सम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार छ सय ५२ मतले पछाडि पारेका छन् । अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याएका छन् ।


स्याङ्जा-२ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल


काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् ।

४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो । स्याङ्जा २ मा ७० हजार मत खसेको छ ।


स्याङ्जामा पद्मालाई धनराजले उछिने


स्याङ्जा । शुरुवाती अग्रतालाई पछाडि पार्दै स्याङ्जामा कांग्रेस ृम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवार पद्मा अर्यालले अग्रता लिएपनि अहिले गुरुङले अर्याललाई पछि पारेका छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार गुरुङले ३ हजार ९०१ ल्याउँदा अर्यालले ३ हजार २४७ मत पाएकी छन् । रास्वपाका टिकाराज गुरुङले ५८९ मत पाएका छन् ।

बुधबार राती १० बजेबाट शुरु भएको मतगणना जारी छ ।


स्याङ्जामा पद्माको शुरुवाती अग्रता


स्याङ्जा । बुधबार राती १० बजेबाट शुरु भएको मतगणनामा स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले शुरुवाती अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पार्दै अग्रता लिएकी हुन् ।

अर्यालले २ हजार ६४८ मत ल्याएकी छन् भने गुरूङले २ हजार ३७८ मत ल्याएर पछ्याइरहेका छन् ।

चापाकोटका ४ वटा बुथमा कांग्रेसले एकलौटी बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै विरोधमा उत्रिएपछि स्थगित भएको मतगणना मतदान भएको १० दिनपछि बुधबार रातिदेखि सुरु भएको हो ।


दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुने


काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।

कहाँ कहाँ हुँदैछ मतदान ?
-वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’

-वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।


९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलले कति पाए मत ?


काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ भने कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित पछ्याइरहेको छ ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ५०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८८ हजार ४८२ रहेको छ ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ४६ हजार ९७० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८१ हजार ३४८ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ४७ हजार ७०१ रहेको छ ।