१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चीनबाट निजी क्षेत्रको जलविद्युतमा ठूलो लगानी भित्रँदै



काठमाडौं उत्तर छिमेकी चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ ।

चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा लगानी करिब नौ अर्ब रुपौयाँ लगानी गर्ने भएको हो ।

४८. ८ मेगावाटको खिम्ती–२ निजी क्षेत्रले निर्माण गरिरहेको मध्ये ठूलो आयोजना हो । चीनको सरकारी हाइड्रो कम्पनीले नेपालको विद्युत क्षेत्रमा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपटक यति ठूलो लगानी गर्न लागेको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा आगामी १४ मार्चमा छोङछिङमा सम्झौता हुँदैछ । सम्झौताका लागि पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वमा ८ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

आचार्यले सम्झौतापछि निजी क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुल्ने प्रतिक्रिया दिए । ‘चीनसँग पैसा छ, हामीसँग पानी छ’, आचार्यले भने, ‘हामीले सम्झौता गरेपछि नेपालको जलविद्युतमा निजी क्षेत्रका लागि चीनबाट ठूलो लगानी ल्याउने ढोका खुल्ने छ ।’

आचार्यको टोलीले चीनको थ्रिगोर्जेज लगायत जलविद्युत कम्पनीको समेत अध्ययन भ्रमण गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा