१ चैत्र २०८२, आइतबार | March 15, 2026

वर्षा, शिल्पा र केकीको भिडन्त



काठमाडौं : निर्माता र चलचित्र प्रदर्शकहरूले तालमेल मिलाउन नसक्दा शुक्रबारबाट एकै दिन तीन चलचित्र प्रदर्शनमा आउने भएका छन्। विभिन्न कारणले चर्चामा रहेका तीन चलचित्र एकसाथ प्रदर्शनमा आउँदा दर्शक बाँडिने भएका छन्। पछिल्लो समय दर्शकले रुचाएका तीन नायिका अभिनीत छुट्टाछुट्टै चलचित्र एकसाथ भिड्दा कसले बाजी मार्ने हो भन्ने चर्चा अहिले कलिउड बजारमा चलिरहेको छ।

पशुपतिप्रसाद फेम नायिका वर्षा शिवाकोटी अभिनीत ‘गाँजाबाजा’, शिल्पा पोखरेल अभिनीत ‘मंगलम्’ र केकी अभिकारीको ‘हुर्रे’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन्।

दीपेन्द्र रेग्मी र गोमा विष्टले निर्माण गरेको गाँजाबाजा निर्माण सुरु भएदेखि नै विभिन्न विवाद र मुद्दा मामिलाका कारण चर्चामा छ। कमेडी जनरको यो चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। युवा पुस्ता लक्षित चलचित्र पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए। सँगै बसेर हेर्दा अभिभावकदेखि सन्तानसम्मले सकारात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए।

निर्माता गोमाका अनुसार अहिले नेपालमा करिब १८ प्रतिशत युवा विभिन्न लागूऔषध तथा दुव्र्यसनीमा फसेकाले यो चलचित्रले अरूलाई त्यो मार्गमा लाग्नबाट जोगाउने र दुव्र्यसनीमा फसिसकेकालाई पुनः यो नशा छाडेर पूर्वजीवनशैलीमा फर्कन प्रेरित गर्नेछ।

चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुवीर सुब्बा लगायतका कलाकारको अभिनय छ।

यसैगरी छवि ओझाले निर्माण गरेको मंगलम् पनि मैदानमा आएको छ। चलचित्रकी नायिका शिल्पा र निर्माता छविको सम्बन्धका कारण धेरै चर्चामा आएको मंगलम् पारिवारिक चलचित्र हो। चलचित्रमा नीर शाह, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, पृथ्वीराज प्रसाई लगायतको अभिनय छ। ‘प्यारी प्रेमिका र आज्ञाकारी बुहारीको भूमिकामा छु’, शिल्पाले भनिन्। चलचित्रका निर्देशक नवल नेपाल हुन्।

उता यी दुई चलचित्रसँग भिड्न आएको छ, कमेडी जनरकै चलचित्र हुर्रे। दावा शेर्पा शेट्टी, सोनाम लामा ब्लोन र छिरिङ दोर्जे लामाले संयुक्त रूपमा निर्माण गरेको फिल्म यम थापाले निर्देशन गरेका हुन्। चलचित्रमा समावेश ‘ठेकीमा दही’ बोलको गीतमा केकी अधिकारी र राजाराम पौड्याल नाचेका छन्।

हुर्रेमा केकीको साथमा अनुपविक्रम शाही, अंकित खड्का, विजय बराल, राजाराम पौडेल, संगीता नापित र प्रकाश घिमिरेले अभिनय गरेका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : ११ बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका