९ कार्तिक २०८३, सोमबार | October 26, 2026

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु



पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए ।

ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु१च ३७४० नम्बरको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु८४प ४३४८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १ : ३५ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री