१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

पत्याउन गाह्रो, तर सबै मोडेलका आईफोन सजिलै ह्याकिङ !



एजेन्सी: आईफोन अनलक गर्नका लागि सन् २०१६ मा अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) र एप्पलबीच एउटा ठुलो लडाइँ नै भयो । एप्पलले स्यान बर्नाडिनो घटनाका सुटरको आईफोन फाइभ सी अनलक गर्न इन्कार गरेको थियो ।

तर पछि कुनै सेक्युरिटी एजेन्सीलाई ठुलो रकम दिएर उसैको सहयोगमा एफबीआईले यस फोनलाई अनलक गरिदिएको थियो । यस घटनाबारे बताउनुको उद्धेश्य भनेको तपाईँलाई एप्पल आईफोनको प्राइभेसी र सेक्युरिटीबारे कम्पनी कतिसम्म गम्भीर छ भन्ने बुझाउन खोजिएको हो । अर्कातिर यसलाई सजिलै अनलक गर्न पनि धेरै मुश्‍किल काम मानिन्छ ।

तर एउटा नयाँ रिपोर्ट अमेरिकाको चर्चित पत्रिका फोर्ब्सले सार्वजनिक गरेपछि आईफोनको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । एक रिपोर्ट अनुसार इजरायलको फोरेन्सिक फर्म क्यालिब्रेटले बजारमा आएका सबै मोडेलका आईफोनलाई अनलक गर्ने तरिका पत्ता लगाएको जनाएको छ । यिनमा एप्पलको नयाँ भर्सनको फोनआईफोन एक्स पनि रहेको छ ।

यहाँनेर रोचक कुरा त के छ भने क्यालिब्रेटले अमेरिकी जाँच एजेन्सीका लागि मुख्य सुरक्षा कन्ट्र्याक्टरका रुपमा काम गर्दै आएको छ । फोर्ब्सको रिपोर्ट अनुसार यस फर्मले आईफोन ह्याकिङ गर्ने नयाँ विधिको पनि विकास गरेको छ । विकास गरिएको नयाँ विधिले आईओएस ११ र पुरानो भर्सनमा चल्ने सबै आईफोनलाई सजिलै ह्याक गर्न सक्छ ।

यस फर्मका अनुसार कम्पनीले अत्याधुनिक अनलकिङ एन्ड एक्स्ट्र्याक्सन सर्भिस तयार गरेको छ । जसले आईओएस ११ मा चल्ने एप्पल आईफोन, आईप्याड मिनी, आईप्याड प्रो र आईप्याड टचको सेक्युरिटी सजिलै तोडिदिन्छ । तर आईओएस ११ को कुन खास भर्सनलाई कम्पनीले ह्याक गरेको कुरा भने खुलाइएको छैन ।

क्यालिब्रेट जस्ता कम्पनी लगातार एप्पलको सेक्युरिटीको अप्सनको कम्जोरी खोज्न सक्रिय छन् । कम्पनीले नयाँ प्याच सार्वजनिक भइसक्नु पहिले नै सेक्युरिटीमा देखिएका कम्जोरी यी कम्पनीले निकाल्ने गरेका छन् ।

अहिलेसम्म यो रिपोर्टलाई लिएर एप्पलको तर्फबाट कुनै भनाई सार्वजनिक भएको छैन। अर्कातिर यस सेक्युरिटी फर्मले पनि मिडियामा कुनै विज्ञप्ती निकालेको छैन। तर, यहाँ निर आईफोन प्रयोगकर्ताले आफ्नो आईओएस जस्ता नयाँ प्याच अपडेट गरिरहुनपर्ने जरुरी भने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : १६ बजे

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई