१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

इष्टर्न हाइड्रोपावरको शेयर खुला



भोजपुर– पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लावासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए । शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरीद गर्न सकिने अधिकृत राईले जानकारी दिए ।

हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करिब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।

अग्निपीडितलाई राहत

पौवादुङ्मा गाउँपालिकाले अग्निपीडितलाईलाई राहत वितरण गरेको छ । गाउँपालिकाले गत फागुन २८ गते आगलागीमा परी पूर्णरुपमा घर जलेर नष्ट भएका वडा नं –५ सानोदुङमा चौकीबारीका पीडित चितमान राई, मनकुमार राई र बद्रसिंह राईलाई राहत वितरण गरेको हो । गाउँपालिकाले अन्नपात र भाँडाकुँडासंँगै क्रमशः रु नौ हजार, १० हजार र आठ हजार सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

गाउँपालिकाको विपत व्यवस्थापन कार्यविधिअनुसार सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । आगलागीमा परी तीन घर जल्दा रु १५ लाख वढीको क्षति भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५७ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या