४ पुस २०८२, शुक्रबार | December 19, 2025

कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल



एजेन्सी – विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ । अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल भएको हाे ।

फिफाले रुस विश्वकपपछि सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी गराइने निर्णय भने यसअघि नै गरेको थियो । फिफा अध्यक्ष जियानी इनफान्टिनोले कतारमा हुने विश्वकपमै संख्या बढाउन सकिने निर्णय काउन्सिलले गरेको बताएका छन् । जियानीका अनुसार काउन्सिल बैठकमा आयोजक कतारसँगै सहआयोजक देश थप्ने विषयमा छलफल भएको छ ।

विश्वकप कतारसँग मिलेर बहराइन साउदी अरब वा संयुक्त अरव इमिरेट्स (युएई) मा हुन सक्नेछ । यसअघिका विश्वकप जुन जुलाई महिनामा सञ्चालन हुँदै आए पनि कतार विश्वकप नोभेम्बर डिसेम्बर महिनामा सञ्चालन गर्ने फिफाले निर्णय गरको छ ।

कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकोले फिफाले जाडो महिनामा विश्वकप गर्न लागेको हो । काउन्सिलले क्लब विश्वकपमा २४ टोली सहभागी गराउने, सन् २०१९ को महिला विश्वकपमा भिएआर प्रयोग गर्ने, सन् २०२० को यू–१७ महिला विश्वकप आयोजनाको अधिकार भारतलाई दिने लगायत निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको