८ चैत्र २०८२, आइतबार | March 22, 2026

कतारमा हुने विश्वकपमै ४८ टोली बनाउन छलफल



एजेन्सी – विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा सहभागी संख्या ४८ बनाउन सकिने उल्लेख गरेको छ । अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा २२ औं संस्करणको विश्वकपमै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल भएको हाे ।

फिफाले रुस विश्वकपपछि सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी गराइने निर्णय भने यसअघि नै गरेको थियो । फिफा अध्यक्ष जियानी इनफान्टिनोले कतारमा हुने विश्वकपमै संख्या बढाउन सकिने निर्णय काउन्सिलले गरेको बताएका छन् । जियानीका अनुसार काउन्सिल बैठकमा आयोजक कतारसँगै सहआयोजक देश थप्ने विषयमा छलफल भएको छ ।

विश्वकप कतारसँग मिलेर बहराइन साउदी अरब वा संयुक्त अरव इमिरेट्स (युएई) मा हुन सक्नेछ । यसअघिका विश्वकप जुन जुलाई महिनामा सञ्चालन हुँदै आए पनि कतार विश्वकप नोभेम्बर डिसेम्बर महिनामा सञ्चालन गर्ने फिफाले निर्णय गरको छ ।

कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकोले फिफाले जाडो महिनामा विश्वकप गर्न लागेको हो । काउन्सिलले क्लब विश्वकपमा २४ टोली सहभागी गराउने, सन् २०१९ को महिला विश्वकपमा भिएआर प्रयोग गर्ने, सन् २०२० को यू–१७ महिला विश्वकप आयोजनाको अधिकार भारतलाई दिने लगायत निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०५ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ