२१ बैशाख २०८३, सोमबार | May 4, 2026

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

अपचलनमा संग्लग्नको सातपुस्ताबाट समेत बिगो असुल गर्ने प्रतिबद्धता



नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड अपचलन भएपछि बन्द भएको नेपालगन्जको सहकारी वित्तिय संस्था लिमिटेड संचालनमा आउने भएको छ । उच्च अदालत तुलसिपुरको नेपालगन्ज इजलासबाट अपचलनको पुष्टी गर्दै अपचलनमा संग्लग्नहरुबाट बिगो भराउने आदेश भएपनि संस्था संचालनमा नआउँदा बचतकर्ताहरु अन्यौल्मा परिरहेका बेला संस्था पुनः संचालनमा आउने भएको हो ।

प्रदेश सरकार अन्तर्गतको सहकारी विभागबाट गठित निर्वाचन समितिले आज नयाँ कार्यसमिति चयन गर्दै संस्था संचालनको बाटो खेलिदिएको हो । यसअघि सहकारी विभागबाट गठन भएको तदर्थ समितिले बचतकर्ताहरुको बचत रकम र शेयर सदस्यहरुको नामावली अध्यावधिक गर्दै आज निर्वाचन सम्पन्न गरेको हो ।

आज सम्पन्न निर्वाचनबाट जगदीशबहादुर सिंह अध्यक्ष र शिवप्रसाद शुक्ला उपाध्यक्ष रहेको नयाँ सञ्चालक समिति गठन भएको निर्वाचन समितिकी संयोजक अधिवक्ता पुनम श्रेष्ठले बताइन् । उनका अनुसार संस्थामा हेमन्त कर्माचार्य, धनीराम बृजबासी, डा. सच्चिदानन्द उपाध्याय, वर्षा प्रसाईं, द्रोपति कुर्मिनी सदस्य रहेका छन्।

निर्वाचनबाट भुपेन्द्र तुलाधर संयोजक र मोहनलाल द्विवेदी, घनश्याम मानन्धर सदस्य रहेको लेखा समिति समेत गठन गरिएको छ।

४३ करोड हिनामिना भएको सो सहकारीका १९ जना सञ्चालक तथा उच्च पदस्थ कर्मचारीविरुद्ध अदालतले कैद, जरिवाना र बिगो असुलीको आदेश गरेको थियो । दोषी ठहर भएका धेरैजसोले ५ वर्षको कैद सजाय काटिसकेका छन्स भने उनीहरुबाट आदेश बमोजिमको बिगो असुल्न बाँकी रहेको छ। प्रहरीले संस्थाका अध्यक्ष अरलेवबक्स चौधरीसहित ४१ जना विरुद्ध मुद्दा चलाएपनि अदालतले १९ जना सञ्चालक तथा उच्च पदस्थ कर्मचारीलाई दाषी ठहर गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष सिंहले अपचलनकर्ताहरुबाट बिगो असुल गरेर बचतकर्ताहरुको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बचतकर्ताहरुलाई धैर्यधारण गर्न आग्रह गर्दै असुलीको प्रक्रिया जटिल भएपनि असम्भव नरहेको बताए ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनी रहेका छन् । नेपाल मै पहिलो नेपाल राष्ट्र बैंकबाट सिमित वित्तिय कारोबारको अनुमती पाएको सो संस्थामा अत्यन्त न्युन आय भएको गरिव किसानहरुको निक्षप रकम अपचलन भएको भन्दै नेपालगन्जमा पटक पटक प्रदर्शन समेत भएको थियो । नेपालगन्जका पूर्व मेयर वरिष्ठ अधिवक्ता विजय गुप्ता अघिल्लो वर्षमात्र बचतकर्ताहरुको न्यायका लागि भन्दै आमरण अनशन बसेका थिए ।

निर्वाचित कार्यसमितिलाई बधाई दिँदै वरिष्ठ अधिवक्ता गुप्ताले ऋणीहरुलाई ऋण बुझाउन आग्रह गर्दै अपचलन गर्नेहरुको सात पुस्ताको सम्पत्ती खोजेर पनि बिगो भराउने प्रतिबद्धता व्यक्त गरे ।

बिगतमा पेप्सीकोलाको कारोबारमा हिनामिना गरेको ठहर गर्दै संस्थाको साधारणसभाबाट अध्यक्ष चौधरी सहित तत्कालिन संचालक समिति सदस्यहरुलाई अयोग्य ठहर गरि संचालकबाट निस्काशन गरेको थियो । ठगीमा संलग्न कर्मचारीहरुको सक्रियतामा अर्को साधारणसभामा कृतिम बहुमतबाट कारवाहि फुकुवा गर्दै अध्यक्ष सहितको टिम पुनः संस्थाको संचालक समितिमा आएको थियो ।

अध्यक्ष चौधरीले निक्षपकर्ताको रकम मास्ने , कर्जा भुक्तानि गर्न आउने कर्जावालको रकम खातामा जम्मा नगरि आफै खर्च गर्ने तथा ठगी गर्ने कर्मचारीको संरक्षण गर्ने गरेका थिए । कर्मचारीहरुलाई रकम अपचलन गर्न छुट दिए बापत कर्मचारीहरुले चौधरीलाई कार उपहार दिएको समेत खुलासा भएको थियो ।

निर्वाचन कार्यक्रममा सहभागी हुन आएका नेपालगन्ज १७ का चैते बढईले छोरीको विवाहलाई भन्दै १९ लाख ६३ हजार बैंकमा राखेका थिए । बैंकमा अपचलन भएपछि जिवनभरको कमाई सहकारीमा डुबेको बढईले बताए । डुडुवाका धनिराम हरजनले आफुले खातामा जम्मा गर्न भनि अध्यक्ष चौधरीको हातमा दिएको ३ लाख ७५ हजार खातामा जम्मा नगरिदिएको गुनासो गरे ।

नेपालगन्ज १३ का कुञ्जबिहारी बढईले खातामा २९ हजार दैनिक जम्मा गरेपनि बैंकबाट २८ हजार कर्जा लिउका थिए । बैंक बन्द भएपछि २८ हजारका लागि आफ्नो सम्पत्ती रोक्का भएको बताए । उनले २८ हजार कर्जाका लागि सम्पत्ती रोक्का हुँदा आफ्नो अन्य कारोबार ठप्प भएको बताए ।

वित्तीय संस्थामा एउटै व्यक्तिले ५ सयदेखि ५० लाख रुपैयाँसम्म बचत खाता र मुद्दती खातामा रकम जम्मा गरेका थिए। संस्थाको मुद्दती खातामा रकम जम्मा गर्दा दोब्बर दिने आकर्षक योजना पनि संस्थाले चलाएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : ०७ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र