४ पुस २०८२, शुक्रबार | December 20, 2025

बच्चा पाएको कति दिनपछि यौन सम्पर्क राख्नु उचित हुन्छ ?



एजेन्सी । महिलाका लागि बच्चा जन्माउनु पीडा र खुसी दुवै हुन्छ । धेरै महिलाले प्रसव पीडा पचाएर आफुलाई आमा बनाउँदा खुसी व्यक्त गर्छन ।

विभिन्न प्रकारका अध्ययनअनुसार धेरै महिलाहरु आमा बनेको एक महिनाभित्रै कामेच्छाका लागि तयार हुन्छन । तर केही महिलाले भने बच्चा जन्मेको ६ महिनासम्म पनि शारीरिक सम्पर्क गर्दैनन् ।

बच्चा जन्मेपछि शारीरिक सम्पर्कका लागि वा यौन चाहनाका लागि कुनै पनि प्रकारको असर हुँदैन । बच्चा जन्मिएकै कारणले दम्पत्तिको जिम्मेवारी बढ्ने र त्यसको असर भने यौन जीवनमा पनि अवश्य पर्छ ।

चिकित्सकहरुले भने बच्चा जन्मिएको ४५ दिनपछि महिलाहरु बच्चा जन्माउनका लागि तयार हुने बताउँछन् । ४५ दिनपछि महिलामा हर्मोनहरु ब्यालेन्समा आउछन् ।

बच्चा जन्मिएपछि महिलाहरुमा यौन इच्छा आउँनका लागि विभिन्न प्रकारका कुरामा ध्यान दिनु आवश्यक हुन्छ । आमा बनेपछि शरीरमा आउने परिवर्तन, बच्चाको चिन्ता, खानपानलगायतका कारणले महिलामा मनोवैज्ञानिक समस्या निम्तिन सक्छ ।

त्यसैले यस्ता कुराहरुमा ध्यान दिदा कामेच्छा चाँडो फर्किन्छ । आमा बनेको ४५ दिनपछि विभिन्न प्रकारका योगा गर्ने, गोप्य अंगलाई पुरानै अवस्थामा फर्काउनका लागि हिडडुलमा ध्यान दिने, आफ्नो दुध बच्चालाई नियमित खुवाउनेलगायतका कुरामा ध्यान दिदा पनि शरीर पहिलेको अवस्थामा आउँछ ।

सुत्केरी भएपछि यौन सम्बन्ध राख्दा कहिले काँही पीडा हुन्छ । यसलाई चिकित्सकले स्वभाविक भएको बताएका छन । केही पुरुषहरु पनि आफ्नो श्रीमती सुत्केरी हुँदाको पीडाका साक्षी हुन्छन् ।

त्यो पीडाका कारण श्रीमतीसँग यौन सम्पर्कका लागि पुरुषहरु तयार नभएको अवस्थामा महिलाले श्रीमान्लाई पुरानै अवस्थामा फर्काउन प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको