४ पुस २०८२, शुक्रबार | December 19, 2025

वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न सरकारलाई नेकपाको सिफारिस



काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ ।

बालुवाटास्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको सचिवालय बैठककले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि नेकपाले गौतमलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी बनाउन खोजे पनि राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेपछि मात्र आफू राष्ट्रिय सभामा जाने गौतमको अडान थियो ।

अब मन्त्रीपरिषद्ले गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । उक्त प्रकृयाबाट राष्ट्रिय सभामा मनोनित भएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सम्पन्न भएसँगै गौतमको नियुक्ति हुनेछ ।

केही दिनअघि नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदल भने आज खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको