१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न सरकारलाई नेकपाको सिफारिस



काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ ।

बालुवाटास्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको सचिवालय बैठककले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि नेकपाले गौतमलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी बनाउन खोजे पनि राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेपछि मात्र आफू राष्ट्रिय सभामा जाने गौतमको अडान थियो ।

अब मन्त्रीपरिषद्ले गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । उक्त प्रकृयाबाट राष्ट्रिय सभामा मनोनित भएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सम्पन्न भएसँगै गौतमको नियुक्ति हुनेछ ।

केही दिनअघि नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदल भने आज खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ४१ बजे

संयम, विश्वसनीयता र पुस्तान्तरणको बहसबीच उभिएकी उम्मेदवार – कल्पना शर्मा

काठमाडौं । काठमाडौं-५ यतिबेला केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन,

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक