२२ भदौ २०८३, सोमबार | September 7, 2026

विष्णु पौडेलको घरदैलो अभियान तिलोत्तमामा तीव्र, मतदातासँग सुझाव र समर्थन जुटाउँदै



बुटवल । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो र मतदाता भेटघाट अभियान तीव्र बन्दै गएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले मंगलबार तिलोत्तमा नगरपालिका वडा नं. ५ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।

मंगलबार बिहानैदेखि मतदाताको घरघरमा पुगेका उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव लिएका थिए । यसअघि सोही क्षेत्रबाट निर्वाचित भई अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनले रुपन्देहीको विकासमा आफ्नो योगदान रहेको उल्लेख गर्दै आगामी योजनाबारे पनि मतदातालाई जानकारी गराएका थिए । घरदैलोका क्रममा अधिकांश मतदाताले उनको विकास कार्यप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।

घरदैलो अभियानका क्रममा पौडेलले मन्दिर, विद्यालय तथा विभिन्न संघसंस्थामा समेत पुगेर भेटघाट गरेका थिए । उनले श्री सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा दर्शन गर्नुका साथै बटुकहरूबाट टीका ग्रहण गरेका थिए । मणिग्राममा एक युवाले फूल प्रदान गर्दै अग्रिम विजयको शुभकामना दिएका थिए ।

तिलोत्तमा नगरपालिका वडा नं. ५ का संयोजक कृष्णप्रसाद भट्टराईका अनुसार युवा पुस्ता देशको भविष्यप्रति सचेत रहेको र पुनः एकपटक पौडेललाई विजयी गराउने अभियानमा सक्रिय रूपमा लागेका छन् । रुपन्देही निर्वाचन परिचालन समितिको आयोजनामा सुरु गरिएको यो दोस्रो चरणको घरदैलो अभियान रहेको उनले जानकारी दिए ।

मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नं. ६ मा पनि घरदैलो कार्यक्रम तय गरिएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका समेटिएको रुपन्देही क्षेत्र नं. २ मा पौडेलले दैनिक रूपमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता सुनाइरहेका छन् । कतिपय स्थानमा सवारी साधन प्रयोग गर्दै तथा कतिपय स्थानमा पैदलै हिँडेर मतदातासँग भेटघाट अभियानलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ४७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा