३ पुस २०८२, बिहिबार | December 18, 2025

कालिकानगरमा लजिज पिजा



बुटवल । बुटवल–९ कालिकानगरमा लजिज पिजा क्याफे बुधबारदेखि संचालनमा आएको छ । लजिज पिजा क्याफेको बुटवल उपमहानगरपालिका वडानम्बर नौका वडाध्यक्ष विष्णुबहादुर थापा र होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसिले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

क्याफेको उद्घाटन गर्दै संघका अध्यक्ष जिसि र वडाध्यक्ष थापाले कालिकानगर होटल संचालनको हवका रुपमा विकास भएको उल्लेख गर्दै क्याफे संचालनमा सफलताको शुभकामना दिनुभयो । पिजा लगायतका विभिन्न १ सय ३० किसिमका परिकारका स्वाद उपभोक्तालाई दिने उद्देश्यले पिजा क्याफे खोलिएको संचालक पवन शर्माले बताउनुभयो ।

उहाँले भारतीय उत्पादन र भारतीय परिकारका रुपमा चर्चित लजिज पिजा फेन्सचाई परिकार भएको उल्लेख गर्दै भारतका विभिन्न शहरमा १ सय ५० र नेपालमा बुटवलका चौथो शाखाका रुपमा खोलिएको जानकारी दिनुभयो ।

समान्य १ सय ९५ रुपैयादेखि एक हजारसम्मका विभिन्न स्वादका पिजा पाईने क्याफे संचालनका लागि ३० लाख लगानी गरिएको शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ३३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका