२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

संख्या २७ पुग्यो, स्थिति नियन्त्रणमा आएको प्रहरीको दावी



एजेन्सी । नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा भारतको राजधानी दिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

राजधानी शहर दिल्लीको उत्तरपूर्वी क्षेत्रमा भड्किएको हिंसामा अहिलेसम्म मृत्यु हुनेको संख्या २७ पुगेको हो । सुरक्षाकर्मीहरुको ब्यापक परिचालनका कारण बुधबार कुनै अप्रिय घटना नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

दिल्ली प्रहरीका पीआरओ एमएस रंधावाले बुधवार पत्रकार सम्मेलन गर्दै हिंसा मच्चाएको आरोपमा अहिलेसम्म १ सय ६ जनालाई गिरफ्तार गरिएको छ भने १८ वटा उजुरी दर्ता गरिएको छ । एमएस रंधावाले सीसीटीवीको भिडियोका आधारमा कारवाही चलाएको बताउनुभयो । उहाका अनुसार प्रभावित क्षेत्रमा ठूलो संख्यामा ड्रोन क्यामेराबाट निगरानी गरिएको छ ।

जसको घरको छतमा ढुंगाको थुप्रो देखिन्छ, उसका विरुद्ध कारवाही गरिन्छ–एमएस रंधावाले बताउनुभयो । उहाले स्थिति नियन्त्रणमा आएको दावी पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : ०४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा