४ पुस २०८२, शुक्रबार | December 20, 2025

संख्या २७ पुग्यो, स्थिति नियन्त्रणमा आएको प्रहरीको दावी



एजेन्सी । नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा भारतको राजधानी दिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

राजधानी शहर दिल्लीको उत्तरपूर्वी क्षेत्रमा भड्किएको हिंसामा अहिलेसम्म मृत्यु हुनेको संख्या २७ पुगेको हो । सुरक्षाकर्मीहरुको ब्यापक परिचालनका कारण बुधबार कुनै अप्रिय घटना नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

दिल्ली प्रहरीका पीआरओ एमएस रंधावाले बुधवार पत्रकार सम्मेलन गर्दै हिंसा मच्चाएको आरोपमा अहिलेसम्म १ सय ६ जनालाई गिरफ्तार गरिएको छ भने १८ वटा उजुरी दर्ता गरिएको छ । एमएस रंधावाले सीसीटीवीको भिडियोका आधारमा कारवाही चलाएको बताउनुभयो । उहाका अनुसार प्रभावित क्षेत्रमा ठूलो संख्यामा ड्रोन क्यामेराबाट निगरानी गरिएको छ ।

जसको घरको छतमा ढुंगाको थुप्रो देखिन्छ, उसका विरुद्ध कारवाही गरिन्छ–एमएस रंधावाले बताउनुभयो । उहाले स्थिति नियन्त्रणमा आएको दावी पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको