१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सङघ, प्रदेश र स्थानीय तहका अस्पताललाई अस्पतालको जनशक्ति हेरेर पाँचदेखि २५ जनासम्म रहने गरी ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको छ । “द्रुत प्रतिकार्य टोलीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निर्वाचनमा घाइतेको उपचार, एम्बुलेन्सको समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने काम गर्छ । अस्पतालमा रहेका चिकित्सक रहेको चिकित्सकको टोलीले घाइतेको उपचार गर्नेछ”, प्रवक्ता डा बुढाथोकीले भने ।

उनले निर्वाचनका दिन अस्पतालले बहिरङग सेवा सञ्चालन नगरी आकस्मिक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको बताए ।

यस्तै, मन्त्रालयले ७७ जिल्लामा रहेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : ४७ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ