१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ५ हजार पुग्यो : २८ को मृत्यु



काठमाडौ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरुको संख्या ५ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीले जनाएअनुसार दक्षिण कोरियामा ४ सय ७७ जना कोरोनाका नयाँ संक्रमितहरु भेटिएका छन् ।

त्यस्तै कोरोनाको संक्रमणबाट दक्षीण काेरियामा थप दुईजनाको मृत्यु भएको छ । यससँगै उक्त भाइरसका कारण दक्षिण कोरियामा २८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । चीनपछि दक्षिण कोरियामा कोरोनाको संक्रमण बढी देखिएको छ ।

त्यस्तै कोरोनाकै कारण अमेरिकामा सोमबारसम्म ६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितहरुको संख्या ४३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण पछिल्लो २४ घण्टामा चीनभन्दा बाहिर १५ सयजना नयाँ संक्रमितहरु भेटिएकाे जनाएकाे छ । कोरोनाका कारण चीनभन्दा बाहिर १ सय २८ जनाको मृत्यु भइसकेको पनि डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार चिनभन्दा बाहिर ६४ देशमा कोरोना फैलिएको छ र ८ हजार ७ सय ७४ जना संक्रमितहरु भेटिएका छन् ।

त्यस्तै कोरोना भाइरस सुरु भएको चीनमा भने मृत्यु हुनेको संख्या २ हजार ९ सय ४३ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मंगलबारसम्म यसका संक्रमितको संख्या ८० हजार १ सय ५१ पुगेको छ ।

सोमबार मात्र कोरोनाका कारण चीनमा ३१ जनाको मृत्यु भएको थियो भने १ सय २५ जना नयाँ संक्रमितहरु भेटिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा