१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

भिम अस्पतालमा अब अत्याधुनिक सुविधा सम्पन्न सहितको भवन निर्माण हुदै



भैरहवा । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पताल अब अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुने भएको छ । करिव ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण हुने भएको हो ।

मङगलवार एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्रालय र भिम अस्पतालबिच भवनको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडी बढाउने विषयमा छलफल भएको हो । छलफलमा सहभागी सामाजिक विकास मन्त्रालयका मन्त्री, कर्मचारी, अस्पताल विकास समितिका पदाअधिकारी, डाक्टरसहितको टोलि सहभागी थियो । छलफल कार्यक्रममा अस्पताललाई भौतिक रुपले सुबिधा सम्पन्न बनाउन मास्टर प्लान डिपिआरको भिजुयल प्रस्तुत समेत गरिएको थियो ।

अस्पतालमा विरामिहरुको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछी सुबिधासम्पन्न भवन निर्माण हुन लागेको अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माले बताए । उनले भने “अस्पतालले दिने सेवामा वृद्धि, विशेषग्य डाक्टर सहितको टोलिद्धारा विरामिको जाँच हुने भएको हुदा बिरामी बढ्न थाले, त्यसैले नयाँ भवन निमार्ण गर्न परेको हो ।

विरामिको उपचारमा कुनै कमि राखिएको छैन, मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले भने अस्पताले दिने सेवाप्रती यहाँ आउने विरामी सन्तुष्टि हुने गरेका छन ।

कार्यक्रममा प्रस्तुत गरिएको मास्टर प्लान तथा डिपिआर भिजुयल पश्चात् सामाजिक विकास मन्त्री सुदर्शन बराल एवम् मन्त्रालयका सचिब गोपिकृश्ण खनालले यसै आर्थिक वर्षदेखि भवनको टेण्डर प्रक्रिया बाट भवन निर्माण गर्ने आश्वासन दिएको अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ४७ बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै