१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा कोरोना सचेतना तथा निःशुल्क मास्क, पञ्जा वितरण



बुटवल । लुम्बिनी फलफुल, तरकारी थोक व्यवसायी संघ रुपन्देहीले बुटवल कृषि उपज परिषरमा रहेका व्यवसायीहरुको विचमा नोभेल कोरोना भईरसको विषयमा सचेतना प्रदान कार्यक्रम गरेको छ ।

साथै उपज केन्द्र जोडीएकोका बासीन्दाहरु, उपज केन्द्रमा व्यवसाय गर्ने व्यवसायीहरु र आगन्तुकहरुलाई निशुल्क माक्स, ग्लव्स तथा सचेतना सम्बन्धी पम्लेट वितरण गरेको छ । विहिवार कृषि उज केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उक्त समेतना सम्बन्धी कार्यक्रम र पुर्व सावधानी स्वरुप माक्स, ग्लोव्स र पर्चा पम्लेट वितरण गरिएको हो ।

सघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश चन्द्र आचार्यलले बुटवलमा संस्थागतग रुपमा पहिलो पटक संघले सचेतानमुलक कार्यक्रम र माक्स र ग्लोव्स वितरण गरेकोमा उच्चा स्रह्हना गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रेहका वडा अध्यक्ष आचार्यले भने–‘पुर्व सावधनी अपउयानउनै कुनै पनि रोगबाट बच्नेपहिलो उपाय हो , यसको समयमा नै सबै जना सचेत हुनु आवश्यक छ । ’
कार्यक्रममा बुटवल उपमहानगरपालिका सहरी स्वाथ्य केन्द्र ४ र ६ का प्रमुख हेल्थ अशिष्टेन्ट पदम अर्यालले नोभेल कोरोना भईरस सर्ने कारण, सावधानीका उपायहरुको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा सल्लाहकार केशव कुँवरले कृषि उपज केन्द्र भारत लगायत अन्य स्थानबाट समेत मानिसहरुको बढि आवत जावत हुने स्थान भएको कारण उच्चा सर्तकता अपनाउन आवश्यक भएको बताएका थिए ।

महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक बाली विकास अधिकृत राम बहादुर खत्री, उपज केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाहकार घनश्याम भुषाल, सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्तु लगायतले आ आफ्नो धारणा राखेका थिए ।

अभियान अन्र्तगत कृषि उपज केन्द्र वरीपरि रहेका स्थानियहरुलाई बुटवल उपमानगरपालिकाबाट जारी गरिएको नोभेल कोरोना भाईरस सचेतना पम्लेट वितरण समेत गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ५० बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै