१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना त्रास : हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ’



काठमाडौ । “ए हजुर, नमस्कार,  हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।” महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ । बर्दिवास नगरक्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लाग्नुभएको छ ।

“सबैले सुन्दै हुनुहुन्छ नि ? कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ,”  बिहीबार एकाबिहानै पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गम रहेको बर्दिवास–१ को सिन्धुलीचोकमा जम्मा भएका आम सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्दै नगरप्रमुख कार्कीले भन्नुभयो, “सचेतता नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो, त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौँ ।”

बर्दिवासका १४ वटै वडामा अहिले स्थानीय जनप्रतिनिधिले अभियानकैरुपमा ‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ भन्ने नारा नै बनाएका छन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखाका प्रमुख र अन्य वडाध्यक्षसहित जनप्रतिनिधि एवं कर्मचारीले सामूहिकरुपमा आज बिहीबार शुरु गरेका यो अभियानले निकै चासो बढाएको छ ।

‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ अभियान प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा आजै थालिने नगरप्रमुख कार्कीको भनाइ थियो । यो अभियानसँगै कोरोना सङ्क्रमणबाट बच्ने उपायबारेको हातेपर्चा बाँड्ने र बस्तीबस्तीमा माइकिङ शुरु गरिएको छ ।

‘ध्यान दिएर सुन्नुहोस्, कोरोना सुनेर नतर्सनोस् १ सजग हुनपर्छ , हाम्रो आहारब्यहारले कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ ।’ ठूलो स्वरमा माइकले यो सन्देश दिइरहेसँगै कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क अनिवार्य लगाउन, हात नमिलाई नमस्कारको अभिवादन मात्र गर्न, पटकपटक पानी खाइराख्न, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहन, समूहमा नबस्न र राम्ररी पाकेको खानेकुरा खान अपिल गरिएको छ । साथै हातेपर्चा घरघरमा पु¥याउने र पढेर सुनाउने गरिएको अभियानका सहभागीले बताएका छन् ।

यस्तै हातेपर्चामै रुघाखोकी लागेका व्यक्तिको संसर्गमा नरहन, भिडभाड हुने कार्यक्रम आयोजन नगर्न, यस्ता कार्यक्रममा सरिक नहुन र यसबारे शङ्का लाग्नबित्तिकै नजिकको स्वास्थ्य संस्थामा जाँच गर्न गइहाल्न अपिल पनि गरिएको छ ।

सघन आवतजावतको पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गममै नगरपालिकाले थालेको यो अभियानबारे आम यात्रु, बजारु उपभोक्ता र आम सर्वसाधारणले चासो देखाएका छन् । “बर्दिवास नगरपालिकाले राम्रो अभियान थालेछ”, सधैँजसो बिहानको घुमफिरका लागि बर्दिवास आइपुग्ने छिमेकको धनुषा जिल्ला मिथिला नगरपालिका–१० लालगढका सामाजिक, राजनीतिक कार्यकर्ता सूर्य पुडासैनीले भन्नुभयो, “यो अभियान अन्य स्थानीय तहले शुरु गर्नुपर्छ ।”

सबैले सुन्नपर्ने र बुझ्नपर्ने यो नारा र अपिललाई घरघर पु¥याउन आवश्यक भएको स्वास्थ्य संस्थाका चिकित्सकको भनाइ छ । “अहिलेसम्म उपचारको कुनै प्रबन्ध नभएको यो सङ्क्रमणबाट बच्न पूर्वसजगतामात्र एक भरपर्दो उपाय हो”, बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालका चिकित्सक डा सीताराम पराजुलीले भन्नुभयो, “पूर्वसजगता अभियान जति व्यापक बनाइन्छ, त्यति हामी सुरक्षित हुने अवस्था बन्छ ।” बर्दिवासले यो अभियान शुरु गरेसँगै जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरसबारे पूर्वसजगता अभियान सञ्चालन गर्न तयारी थालेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ३२ बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै