४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन संकल्प प्रस्ताव, नेपाली भूमि जाेगाउने अडान



काठमाडौ । प्रतिनिधिसभाको बैठकमा नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन संकल्प प्रस्ताव पेश हुने भएको छ । आज (शुक्रबार) ११ वजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले पेश गर्नुहुने भएको छ ।

सम्भावित कार्यसूचीमा भनिएको छ, ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक छ ।

उक्त प्रस्तावमा नेकपाकी सांसद रामकुमारी झांक्रीले समर्थन गर्नुहुने छ । यस्तै बैठकमा कांग्रेस सांसद गगन थापाले कोरोना संक्रमणको जोखिमबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिइएको छ । यसैगरी व्यवस्थापन कार्य तर्फ विभिन्न विधेयकहरु प्रस्तुत हुने कार्यसूची रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको