४ पुस २०८२, शुक्रबार | December 19, 2025

९७ देशमा किरोना फैलियो, ३,४९१ को मृत्यु, १०,२,१९८ संक्रमित



एजेन्सी । महामारीको रुप लिएको कोरोना विश्वका ९७ देशमा फैलिएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ सय ९१ पुगेको छ भने संक्रमितको संख्या १० लाख २ हजार १ सय ९८ पुगेको छ ।

यसैबीच शनिवार ईरानमा थप एकजनाको मृत्यु भएको छ भने जापान पछि अमेरिकी तटमा रहेको पानी जहाजमा २१ जना संक्रमित भेटिएका छन । अमेरिकी उपराष्ट्रपति माईक पेन्सका अनुसार ती मध्ये १९ जना चालक दलका सदस्य रहेका छन भने २ जना यात्रु रहेका छन । जहाजमा सवार ३ हजार ५० जना सबैको कोरोना परिक्षण गर्ने क्रम चलिरहेको छ ।

फ्लोरिडामा थप दुईजनाको मृत्युसंगै मृतकको संख्या १७ पुगेको छ भने २५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्ते मिश्रको नील नदीमा रहेको पानी जहाजमा पनि १२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो जहाजमा भारतीय नागरिकसहित १ सय ५० जना सवार छन । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ । योसंगै मिश्रमा कोरोना संक्रमितहरुको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको