१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना कहर : अमेरिकामा नेपाली व्यावसायीको अवस्था



भर्जिनिया । विश्वव्यापि रुपमा फैलिएको कोरोना भारइरसले चाइना पछि पछिल्लो समय इटाली र त्यस पछिको अर्को देश अमेरिकामा महामारिको रुपमा जरो गाडेको छ ।

दैनिक सयौं जनाको ज्यान गइरहेको र हजारौं संक्रमित बढिरहेकाछन् । जसले गर्दा मानिसहरुको आवतजावत, हिँडडुल, व्यापार व्यवसायमा क्रमशः एक पछि अर्को राज्य सरकारले लगडाउन गरिरहेको छ ।

कोरोनाले विश्वअर्थतन्त्रलाई ठूलो झड्का दिइरहेको बेला अमेरिकामा रहेर विभिन्न व्यवसायमा आवद्ध नेपाली व्यवसायीहरुलाई पनि यसले निकै ठूलो असर पारेको छ ।

कोरोनाको भयावह स्थिति शुरुहुनु अघिको व्यापारिक कारोबारमा ९५ प्रतिशत कारोबार गिरावट भएको व्यवसायीले बताएका छन् । अधिकांश नेपाली रेष्टुरेण्ट, ग्रोसरी स्टोरहरु आंशिक रुपमा मात्र खुलेका छन् भने अन्य स्टोर पूर्णरुपमा ठप्प छन् । अझ भर्खरमात्र अमेरिकाका विभिन्न सहरमा व्यवसाय सञ्चालन गरेका

नेपाली व्यवसायीहरुलाई तातो दुध थुक्नु न निल्नु भएको छ । यस्तै पीडामा पर्नुभयो रिमा कटवाल, काठमाण्डौ कुपन्डोलकी कटवल विगत लामो समयदेखि नर्सको रुपमा जागिरे हुनुहुन्छ । साथमा अमेरिकाको मेरिल्याण्ड राज्यमा दुई महिना अघि मात्र माया कजिन रेष्टुरेण्ट एण्ड बार किनेर व्यवसाय सञ्चालन गर्नुभएकी कटवाल प्रारम्भिक चरणमै धक्का खानु परेको बताउनुभयो ।

नेपाली तथा स्पेनिस गरि १२ जनालाई रोजगार दिइरहेकी कटवालको दैनिक आम्दानिमा ९० प्रतिशत गिरावट आएको बताउनुभयो । पछिल्लो २ हप्तादेखि अनलाइन तथा फोनबाट अर्डर लिएर व्यापार गरे पनि खुल्ला व्यवसाय जस्तो सहज नभएको, कर्मचारीको विदा कटौति गर्नु परेको, खाना डेलिभरमा जोखिम मोल्नु परेको बताउनुभयो ।

यस्तै चितवन घर भई अमेरिकाको राजधानी वासिंग्टन डि.सी.मा विगत ४ वर्षदेखि हिमालयन हेरिटेज रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएका बि.बि. लामा आफ्नो २१ वर्षेलामो अमेरिका बसाईको यो नै पहिलो र पीडादायी घटना भएको बताउनु भयो । पूर्णरुपमा रेष्टुरेण्टमा आश्रित नेपाली कर्मचारीलाई पनि केही राहत होस् भन्ने हेतुले साँझ पख ५ बजेपछि समय सबैको साप्ताहिक रोटेशन मिलाएर काम बाँडफाँड गरि रेष्टुरेण्ट चलाएको त्यो पनि अनलाइन तथा फोन अर्डर डेलिभरीको लागि मात्र गरिएको सञ्चालक लामाले जानकारी दिनुभयो ।

अञ्जना बुढाथोकी र विक्रम सापकोटाको सहकार्यमा सञ्चालित हिमालयन हेरिटेजको दैनिकि कारोबार कोरोना सन्त्रास अघि करिब १५–१६ हजार डलर भए पनि अहिले अनलाईन अर्डरमात्र भएकोले दैनिक १५ सयदेखि २ हजार डलरको मात्र कारोबार भइरहेकोछ । यदी सरकारले तोकेको मापदण्ड भन्दा बाहिररहेर व्यवसाय गरे १ हजारदेखि ५ हजार डलरसम्म जरिवाना तिर्नुपर्ने नियम रहेको उल्लेख गर्दै सम्यमता अपनाएर रेष्टुरेण्टमा टु गो अर्डरको काम मात्र गरिरहेको लामाले जानकारी दिनुभयो ।

त्यस्तै काभ्रेका दीपराज मगर, काठमाण्डौका सुवास राई र चितवनका टुक प्रसाद गुरुङ मिलेर तीन वर्ष अघि भर्जिनिया राज्यको एलेक्जेण्ड्रियामा सुरुवात गरेको रोयल नेपाल रेष्टुरेण्टमा कोरोना भाइरसको महामारीले व्यापारमा शुन्य जस्तै भएको मगरले बताउनुभयो । साँझपख सामान्य क्यारी आउट भए पनि कोरोना भाइरसको जोखिमले गर्दा ९० प्रतिशत कर्मचारीलाई विदा दिइएको छ । दीपराज मगरको १० वर्षे अमेरिका बसाइमा यो भयावह पहिलो भए पनि आफु नआत्तिएको बताउनुभयो । यो समस्या मेरोमात्र नभएर सबै अमेरिकी र अमेरिकीको मात्र नभएर संसारभरका सबै मानिसको भएकोले आफ्नै रेष्टुरेण्टमा काम गर्ने कर्मचारीलाई सान्त्वना दिँदै धैर्यरहेको मगरले बताउनुभयो ।

मेरील्याण्ड राज्यका विभिन्न २ स्थानमा विगत ५ वर्षदेखि प्रिटी आइब्रो थ्रेडिङ तथा हेना सञ्चालन गर्दै आउनुभएका दिलिप नेपाली तथा सुमी परियारले मार्च १६ देखिनै स्टोर बन्द गर्नुभयो । आइब्रो थे्रडिङ तथा हेनाको काम ग्राहकसँग पूर्णरुपमा नजिकबाट गर्नुपर्ने र जोखिमको सम्भावना बढी रहेकोले सबै कर्मचारीलाई जनजीवन सामान्य रुपमा नफर्किउन्जेल सम्मका लागि बिदा दिएर बसेको नेपालीले बताउनुभयो ।

कोरोना भाइरसको असरले गर्दा दैनिक हजारौं डलर घाटा लागे पनि आर्थिक पाटो भन्दा स्वास्थ्य, जीवन र परिवार ठूलो रहेको छिनछिनमा आउने कस्टमर रिक्वेस्टका अनलाइन अपोइन्टमेन्ट तथा कलहरु रिजेक्ट गर्नु परेको परियाले बताउनुभयो । व्यवसायिक दैनिकीमा रमाइरहनु भएका नेपालीको अर्को व्यवसायिक यात्रा ज्वेलरी स्टोरको शुभारम्भको काम पनि अन्तिम चरणमा पुगे तर आरम्भको लागि ढिलाइ हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै पाल्पाका दम्पति मनोहर बरेल र रेश्मा असामीले विगत २ वर्षदेखि मेरील्याण्ड राज्यको ह्याट्सभिलमा सञ्चालन गर्दै आउनु भएको सलिनाज आइब्रो थ्रेडिङ तथा हेना पनि कोरोना संक्रमणको डर भएकै कारण मार्च १७ तारिकदेखि पूर्णरुपमा बन्द गरि घरमै बसेको बताउनुभयो । एक दुई महिना पहिलेदेखि यस्को अनेक हल्ला आइरहे पनि व्यापारमा कुनै कमी थिएन तर जब अमेरिकी सरकारले आपनकालिन घोषणा ग¥यो ।

त्यसपछि सम्यमता नअपनाए आफ्नै ज्यान खतरामा पर्ने संकेत देखिए पछि कस्टमर अपोइन्टमेन्ट क्यान्सिल गर्दै बस्नु परेको बरेलले बताउनुभयो । अब स्टोर कैले खोल्ने भन्ने कुनै टुङ्गो नभएकोले पूर्णरुपमा सरकारको अनुरोधलाई साथ दिँदै आफ्नो तथा परिवारको स्वास्थ्य सुरक्षामा लागेको बरेलले बताउनुभयो ।

यस्तै सोलुखुम्बुका दावा तामाङ विगत २० वर्षदेखि अमेरिकामा हुनुहुन्छ र ६ वर्ष अघि साथिहरुसँग मिलेर वासिङ््ग्टन डि.सी.मा लालि गुराँस इन्डियन नेपाली विस्ट्रो सञ्चालन गर्नुभयो । व्यापार निकै राम्रो भयो त्यसैले डि.सी.को अर्को स्थानमा पनि लालिगुराँस नामकै अर्को रेष्टुरेण्ट सञ्चालनमा ल्याउनुभयो ।

काम भ्याइ नभ्याइ थियो । कोही नेपाली तथा दाजुभाइले लौन एक दुई जनालाई काम दिनुप¥यो भन्दा नाइनास्ति गर्नु पर्थेन । थुप्रै १६/१७ जना नेपालीलाई रोजगार, गास, बासको व्यवस्थासहित चलेको नामी रेष्टुरेण्ट विगत २ हप्तादेखि सुनसानमा परिणत भयो, कारण कोरोना भाइरसको महामारी । आर्थिक कारोबारमा ८० देखि ९० प्रतिशत डाउन भएको तामाङले बताउनुभयो । विस्तारै संकटकालिन अवस्था सिर्जना भयो साथै स्टक सामान पनि सकिनलायो र सबै कर्मचारीलाई काम नपुग्ने भएपछि सरकारले लगाएको निमय टु गो को काम मात्र थोरै कर्मचारीले चलारहेकोछ । यस्तो भयावह स्थितिमा व्यवसायिक

मर्का सरकारले बुझिदिएर कर छुट तथा सरकारी राहत घोषणाले सकारात्मक रहेको बताउनुभयो । यो संकटमा भगवानसँग प्रार्थना गर्नु र सम्यमता अपनाउनुको विकल्प नभएको समेत तामाङले बताउनुभयो ।

तर यस्तो आर्थिक मन्दि जताततै लाग्दाखेरि भर्जिनियाको फल्सचर्चमा रहेको नमस्ते मार्केटको माहोल र कारोबार पहिला भन्दा दोब्बर रहेको सञ्चालक हिरा खत्रीले बताउनुभयो । देशनै लगडाउनको स्थितिमा पुनेकोले सबै मानिसले दैनिक उपभोग्य वस्तुको अग्रिम जोहो गरेकोले कारोबार ह्वात्तै बढेको हो । सरकारले अमेरिकाको विभिन्न राज्यमा लगडाउन गरिसकेको र लगडाउनको क्रम बढ्नै गरेकाले अमेरिकीबासी नेपालीले पनि अग्रिम किनमेल गरि आवश्यक उपभोग्य वस्तुको जोहो गरेकाछन् । यसैको लागि नेपालीहरु नेपाली खाद्य तथा आवश्यक वस्तु नमस्ते मार्केटमा उपलब्ध हुने गरेकाले विगत ३ हप्तादेखि ग्राहकको भिड थामि नसक्नु भएको हो । सामान्यतया सेल्स सर्भिस रहेको उक्त स्टोरमा ५ जना कर्मचारी पनि पहिला अलिबढी भए जस्तो लाग्थ्यो तर अहिले भ्याइनभ्याइ छ । भिडकै कारण कोरोनाको उच्च जोखिम हुनेभएकोले मार्च २३ तारिकदेखि अनलाईन अर्डर लिने र स्टोर बाहिर राखिएका कार्टमा सामान पु¥याइ दिएर ग्राहकले सामान पिकअप गर्ने व्यवस्था सुरु गरेको अर्का सञ्चालक विनोद गुप्ताले बताउनुभयो ।

दैनिक उपभोग्य वस्तुको यो मार्केट अन्य व्यवसाय जस्तो लगडाउन गरिहाल्न अप्ठेरो छ, त्यसैले क्यारी आउटको व्यवस्थाले ग्राहकलाई पनि जोखिम नहुने र कर्मचारी पनि ढुक्कले काम गर्न पाउने भएका खत्रीको भनाई छ । तर व्यापारलाई भन्दा ग्राहक, कर्मचारी र आफ्नै पनि स्वास्थ्यमा ध्यान खाखि लगडाउन गर्नु पर्ने अवस्था आउको छ । यति मात्र नभएर नेपाली सामानको मुख्य नाका न्यूयोर्क पूर्णरुपमा लगडाउन भइसकेकाले स्टक सामान पनि सकिन लागेको र सप्लायर्सले पनि सामान सप्लाई पु¥याउन नसकेको खत्रीले जानकारी दिनुभयो ।

विश्वसंकटका बेलामा अमेरिकामा रहेका व्यवसायीहरुले नेपालको निकै माया लाग्ने र सुरक्षित सम्यमता अपनाएर आफू पनि सुरक्षित रहने र सरकारलाई पनि सहयोग गर्न अनुरोध गरेका छ ।

हाल अमेरिकाको राजधानी डि.सी., मेरील्याण्ड, भर्जिनियालगायतका ८० प्रतिशत शपिङ महल, विभिन्न स्टोर, सरकारी कार्यालय पूर्णरुपमा बन्दछन् भने दैनिक उपभोग्यका स्टोर तथा रेष्टुरेण्टहरु आंशिकरुपमा अनलाइन अर्डरको सेवामा सञ्चालनमा छन् ।

जसले गर्दा अमेरिकाको विभिन्न स्थानमा व्यवसायिक कर्मथलो बनाएका साना तथा मझौला व्यवसायीको मर्का पनि विश्वका मिलिनियर र विलिनियरको जस्तै छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ४२ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको