४ पुस २०८२, शुक्रबार | December 19, 2025

मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी आज चीन जाँदै



काठमाडौ । नेपालमा पनि कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकभर लकडाउन गरेको छ ।

साथै विभिन्न स्थानमा धमाधम क्वारेन्टाइन, आइसोलेसन निर्माण कार्यले पनि तीव्रता पाएका छन् ।

कोरोनाको जोखिम बढ्दैजाँदा त्यसका लागि आवश्यकीय मेडिकल सामग्रीको अभाव भएको भन्दै आलोचना भइरहँदा सरकारले चीनबाट त्यस्ता सामग्री ल्याउने तयारी गरेको छ ।

ती सामग्री लिनका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीनको ग्वाङ्झाओ जाने भएको छ । आज मध्याह्न साढे १२ बजे मेडिकल सामग्री लिनका ए ३३० जहाज चीन जाँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट ती सामग्रीहरु आजै आइपुग्नेछन् । स्वास्थ्य मन्त्रालयले आवशयक सामग्रीको सूची परराष्ट्र मन्त्रालयमार्फत् चीनलाई पठाएको थियो । तीनै सामग्री लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जान लागेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३५ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता