१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर



काठमाडौ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सुरुवात चीनबाट भए पनि अब चीन भाइरसको सङ्क्रमण र मृत्यु नियन्त्रित गर्न विश्वका अरु देशका तुलनामा केही सफल भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– यदि अमेरिका कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाखसम्म सीमित गर्न सके पनि ठूलो उपलब्धि हुनेछ ।

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६४ हजार दुई सय ५३ पुगेको छ । जबकि चीनमा ८१ हजार पाँच सय १८ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमणको आधारमा इटली दोस्रो नम्बरमा छ । इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ । तेस्रो नम्बरमा रहेको स्पेनमा सङ्क्रमितको सङ्ख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।

चीनको वुहान शहरमा कोरोना भाइरसबाट एक जना नयाँ सङ्क्रमित थपिएका छन् । वुहानमा एक हप्ताभरि कुनै नयाँ सङ्क्रमति थपिएका थिएनन् । एक हप्ताको अन्तरालमा यो सङ्क्रमणको पहिलो घटना हो ।

तर गएको ३० मार्चमा चीनमा कुल ४८ जना नयाँ सङ्क्रमित थपिएका थिए । ती सबै जना विदेशबाट फर्किएका थिए । साथै चीनको हुबेई प्रान्तमा एक जनाको ज्यान गएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन हजार तीन सय पाँच जनाको ज्यान गइसकेको छ ।

साथै सङ्क्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन् । सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिन सुरु भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : ४७ बजे

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई