८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोनाको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति : राष्ट्रसंघ



एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् ।

कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।

महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खांचो रहेकोमा जोड दिए । तत्काल समन्वयात्मक स्वास्थ्य सेवाको प्रवाहबाट मात्र महामारी अन्त्य गर्न सकिने उनको भनाई थियो ।

महासचिव गुटरेसले कोभिड नाइन्टिन,संयुक्त राष्ट्रसंघको गठन भएदेखि कै सामना गर्नु परेको सबैभन्दा ठूलो परीक्षा भएको उल्लेख गरे ।

कम विकसित र सम्भावित रोगको महामारी सामान गर्नु डढेलो जस्तो भएकाले औद्योगिक राष्ट्रहरुले उनीहरुलाई सहयोग गर्न आग्रह गरे ।

राष्ट्रसंघको रिपोर्टले कोरोनाको प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ०९ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।