८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोभिड-१९ परिक्षण गर्ने पिसिआर बुटवल आइपुग्यो, केहिदिन भित्र प्रयोगशाला संचालन



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको ३ स्थानमा स्थापना गर्न लागेको कोभिड १९ परिक्षण प्रयोगशालाका लागि संघिय सरकारले पठाएको पिसिआर मेसीन आज बुटवल आइपुगेको छ ।

चैत्र १० गते प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार पिसीआर सहित परिक्षणको लागि आवश्यक अन्य उपकरणहरु पनि आजै बुटवल आइपुगेको हो ।

रुपन्देहीको भैरहवा स्थित गहुंबाली अनुसन्धान केन्द्रमा प्रदेश स्तरिय प्रयोगशाला स्थापना भएपछि कोभिड १९ को स्वाव परिक्षण रिपोर्ट तत्काल आउने र संक्रमणको आशंकीतहरुले धेरै समय कुर्न नपर्ने प्रदेश सरकारले अपेक्षा गरेको छ ।

संघिय सरकारले पठाएको पोलिमेरेज चेन रिएक्सन पिसीआरको संचालनका लागि तिब्र गतिमा काम भईरहेको प्रदेश जन स्वास्थ्य प्रयोगशाला प्रमुख राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार पिसिआरले प्रत्यक दिन १६ वटा स्वाव नमुना संकलनको जांच गर्नेछ । प्रयोशगशाला नभएकै कारण केन्द्रिय प्रयोगशालामा नमुना पठाउन ढिलो हुंदा बुटवलमा एकजनाको ज्यान समेत गएको छ ।

प्रदेश प्रयोगशाला प्रमुख गिरीले प्रयोगशाला स्थापनाको काम तिब्र गतिमा भईरहेकाले केहि दिनमा प्रयोगशाला संचालनमा आउने जानकारी दिनुभयो ।

मेसिन सहित प्राबिधीकहरुका लागि पर्सनल प्रोटेक्ट इकुमेण्ट, नमुना संकलनका लागि आवश्यक किट तथा नमुना ट्रान्सपोटेसनका लागि फ्रीज बक्सहरु समेत संघिय सरकारले बुटवल पठाएको छ ।

प्रदेश सरकारले रुपन्देही सहित दाङको बेलझुण्डी र नेपालगन्जको भेरी अस्पतालमा कोभिड १९ को परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ५ : २१ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा