८ चैत्र २०८२, आइतबार | March 22, 2026

रोटरि रोट्याक्ट डाउनटाउनद्धारा राहत वितरण



बुटवल । सामाजिक कार्यहरुमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउन र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा संयुक्त रुपमा राहत वितरण गरेको छ ।

रोटरी र रोट्याक्ट डाउनटाउनका सदस्यहरुले स्व इस्फुर्त रुपमा राहत कोष खडा गरि बिपन्न तथा दिनदुखीहरुलाई सहयोग गरेको रोटरी क्लबका अध्यक्ष तुलसि घिमिरेले बताउनुभयो ।

बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष टंक पराजुलिले महामारि रुपमा फैलिएको कोविड १९ रोगबाट बच्न सरकारले गरेको लकडाउन पछि दैनिक मजदुरी गर्ने परिवारलाई बढी समस्या र खाद्यान्नको अभावको बेला रोटरी र रोट्याक्ट डाउनटाउनले गरेको सहयोग अति महत्त्वपूर्ण रहेको बताउनुभयो ।

रोटरीका एजि राजेन्द्र ढकालले समाजलाइ आपत पर्दा रोटरी सदैब अग्रभागमा रहि समाज सेवा गर्दै आएको बताउनुभयो ।

रोट्याक्ट अफ बुटवल डाउनटाउनका अध्यक्ष मधु भट्टराईले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो लकडाउन मा दैनिकी गरि खाने मजदुर देखि अन्य पिछडिएको बर्गमा औषधि र खाद्यान्नको ठुलो बिकराल समस्या परेको हुनाले अति आवश्यक करिब २०० घरधुरीलाई दैनिकी खाद्यान्न, चामल, दाल, साबुन, तेल, नुन सहयोग गरेको बताउनुभयो । आज बुटवल वडा न ४ मा ३० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ५ : ५९ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा