८ चैत्र २०८२, आइतबार | March 22, 2026

फ्रान्समा पछिल्लो २४ घन्टाभित्र कोरोनाबाट १ हजार ३ सय ५५ को मृत्यु



काठमाडौ ।  कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ । एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ । फ्रान्सपछि शुक्रबार सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृयु भएको थियो भने इटालीमा ९ सय ६१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३१ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा