८ चैत्र २०८२, आइतबार | March 22, 2026

अमेरीकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण



काठमाडौ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना सङ्क्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिनुभयो ।

उहाँले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताउनुभयो । फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमुना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिनुभयो ।

कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताउनुभयो । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ४ : ०८ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ