१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुग्यो, भारतबाट फर्किएका दुई जना नेपालीमा देखियो कोरोना संक्रमण



काठमाडौ । भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन् । संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए । योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ । पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ३ : ३७ बजे

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर