१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चीनमा खतरनाक बनेर फर्कियो कोरोना भाइरस : एसिम्टोम्याटिक भाइरसले १,५४१ संक्रमित !



एजेन्सी । संसारभर झण्डै ७७ हजार मानिसको ज्यान लिएको कोरोना भाइरसबाट झण्डै १४ लाख मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संसार नै डराएको अवस्थामा फेरि कोरोना भाइरसले चीनबाटै नयाँ रुपमा हमला सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कोरोना भाइरसको संक्रमण पनि हुबेई प्रान्तबाटै आएको छ । संक्रमितलाई नयाँ कोरोना लागेको थाहै नहुने भएकाले पहिलेको तुलनामा नयाँ कोरोना झनै खतरनाक छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणमा रुघाखोकी, घाँटीमा समस्या, ज्वरो र स्वास लिनका लागि समस्या हुने थियो । अब कोरोनाले स्वरुप परिवर्तन गरेर कुनै पनि प्रकारको लक्षणबिना नै मानिसमा संक्रमण हुने गरेको विशेषज्ञहरुले बताएका छन् । संसारलाई त्रसित पार्नेगरी कोरोनाले नयाँ रुपमा चीनकै वुहानबाट आक्रमण सुरु गरेको छ । यसलाई एसिम्टोम्याटिक भनिएको छ ।

एसिम्टोम्याटिकको अर्थ कुनै पनि प्रकारको लक्षणबिना नै संक्रमण हुनु हो । यसलाई मात्र टेष्ट गरेर पत्ता लगाउन सकिन्छ । तापक्रम नाप्ने मेसिनले अब शंका गर्न पनि नसकिने स्वरुप कोरोना भाइरसले लिएको छ । एसिम्टोम्याटिक कोरोनाको बिरामी कोभिड १९ का सामान्य बिरामी भन्दा धेरैगुणा खतरनाक हुने चिकित्सकहरुले बताएका छन् ।

अहिलेसम्म संसारभर सिम्टोम्याटिक कोरोना संक्रमित मानिसहरु थिए भने अब फेरि एसिम्टोम्याटिक कोरोनाको संक्रमणले संसारलाई हल्लाउने भएकोछ । पहिलेको कोरोना पहिचान गर्न र उपचार गर्न सजिलो थियो भने अब एसिम्टोम्याटिक कोरोनाका कारण ठूलो क्षती व्यहोर्नु पर्ने देखिएको छ । एसिम्टोम्याटिक कोरोनाले चिनियाँ नागरिकमात्र प्रभावित भएका छैनन्, यो भाइरसले संसारका सबै देशमा ठूलो चुनौति खडा गरेको छ ।

चीनको हुबेइमा लकडाउन हटाउने र जनजीवन सामान्य बनाउन सरकारले तत्काल उठाएको कदम उल्टो भएको छ । एकाएक १ हजार ५ सय ४१ कोरोना संक्रमित भेटिएपछि एसिम्टोम्याटिक कोरोनाको खुलासा भएको हो । चीनले लकडाउन हटाएपछि देखिएका बिरामी पहिलेका तुलनामा निकै खतरनाक हुने अनुमान गरिएको छ ।

किन उब्जियो नयाँ कोरोना ?

पुराना कोरोना भाइरसका केही बिरामी हुँदै गर्दा नयाँ खालको कोरोना भाइरसको संक्रमण भएपछि हुबेई प्रान्तमा नयाँ रणनीति अप्नाउने चीनको तयारी छ । चीनले हुबेईमा लकडाउन लगाएपछि कोरोनाका बिरामी निक्कै कम भए । मार्च महिनामा त यहाँ एक दुई बिरामी मात्र फेला परेका थिए । त्यसैले चीनलाई लाग्यो, हुबेई प्रान्तमा बिरामी छैनन् । त्यसैले चीनले लकडाउन हटाउने निर्णय लियो । तर यो निर्णय प्रतिउत्पादक बनेको छ ।

चीन सरकारले २ महिनासम्म लकडाउन गरेर जनजीवन सामान्य नियन्त्रणमा रहेको थियो । ८ अप्रिलबाट वुहानमा पब्लिक ट्रान्सपोर्ट सुरु गर्ने कोसिस गरेको थियो । यसअघि नै यहाँबाट डोमेस्टिक र अन्तर्राष्ट्रिय उडान पनि सुरु गरेको थियो । विदेशबाट आएका कयौँ व्यक्ति एसिम्टोम्याटिक कोरोनाको शिकार बनेका छन् ।

विदेशबाट आएका व्यक्तिमा पनि एसिम्टोम्याटिक कोरोना फेला परेको छ । अहिले पनि दैनिक ५० जनाको हाराहारीमा विदेशबाट आउनेमा चीनमा कोरोना देखिएको छ । विदेशबाट आउनेले पनि एसिम्टोम्याटिक कोरोना भित्र्याउन थालेपछि चीनले नयाँ कदम उठाउने तयारी गरेको छ । हुबेईमा लकडाउन हटाएपछि एसिम्टोम्याटिक कोरोना फेला परेपछि १ हजार ५ सय ४१ नयाँ संक्रमण फेला परेका छन् ।

कोरोनाको नयाँ स्वरुप हेर्दा कोरोना भाइरसले हाम्रो साथ छाड्न त्यसै सक्दैन । त्यसैले लकडाउनलाई लम्बाउनु आवश्यक देखिन्छ । महामारी रोगका विशेषज्ञ डा एन्टोनी फ्लेहाल्टले अहिलेसम्म कोरोनाको पहिलो चरण रहेपनि यसले स्वरुप परिवर्तन गर्ने बताएका छन् । अब कोरोनाले स्वरुप परिवर्तन गरेर मानिसलाई लामो समयसम्म दुख दिन्छ । चीनमा यसको दोस्रो चरण सुरु भएकोमा उनी चिन्तित छन् ।

महामारी विज्ञानका विशेषज्ञ डा. एन्टोनी फ्लेहाल्टका अनुसार कोरोना संक्रमणका नयाँ बिरामी नआउनु पनि अल्पविराम जस्तै हो । चीनका आसपासका देशमा धेरै संख्यामा बिरामी नदेखिनुलाई पनि उनले यस्तै भनेका छन् । तुलनात्मकरुपमा चीनका छिमेकी देशमा अहिले पनि कोरोना संक्रमण कम देखिएको छ ।

कोरोनाको महामारीलाई विभिन्न चरणमा फैलिने आशंका गरिएको छ । एक पटक नियन्त्रणको नजिक पुगे पनि कोरोनाले फेरि स्वरुप परिवर्तन गरेर मानिसमा आक्रमण गर्ने वैज्ञानिकहरुको चेतावनी छ । त्यसैले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न कयौँ वर्षसम्म कुर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

कोरोनाको नयाँ खतरालाई कसरी निर्मुल पार्ला विश्वले ?

पहिलो उपचार : सरकारले लकडाउनलाई चाँडै अन्त्य गर्नु हुँदैन । अब्जरभेसनका लागि निश्चित समय दिएर मात्र लकडाउन खोल्ने निर्णयमा पुग्नुपर्छ । अन्तर्राष्ट्रिय यात्रुको आवत जावतमा लामो समयसम्म प्रतिबन्ध लगाउनु आवश्यक हुन्छ ।

दोस्रो उपचार : कोरोना ठिक भएका बिरामीलाई तत्काल नै समाजसँग घुलमेल हुन दिनु हुँदैन । पटक पटक त्यस्ता निको भएका बिरामीलाई निगरानीमा राखेर उपचार गर्नुपर्छ । उनीहरुमा एसिम्टोम्याटिक कोरोनाको संक्रमण नहोस् भनेर सचेत बन्नुपर्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : ०३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्