२२ भदौ २०८३, सोमबार | September 7, 2026

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक



काठमाडौंँ । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको छ ।

सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको सङ्गीत गायक स्वयमले गरेका छन् भने सङ्गीत संयोजन कडरियाले गरेका छन् । केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडीयोमा जङलमा बसोबास गर्ने प्रेमी प्रेमिका (मोडेल उषा उप्रेती र रमेश कडरिया) को रोमान्चक प्रेम दर्शाउनुको साथै भिलेन पात्र पनि खडा गरिएको छ ।

भिडियोलाई कार्टून्ज क्रू का सरोज अधिकारीले निर्देशन गरेका छन् । त्यस्तै सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन । नगरकोट र साँखुको जङलमा छायाङ्कन भएको गीतको भिडियो सम्पादन सुरोज अधिकारीले गरेका हुन भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन ।

आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताहरुले यो गीत मन पराउनेमा आफू आशावादी रहेको गायक सुदिप पन्तले बताए । हाल जापानमा बसोबास गरिरहेका पन्तले यसअघि नेपाली र जापानी भाषा सम्मिलित गीत ‘ओइ ओइ तकेवा’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ४० बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११