२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बेलायतमा तीन पूर्वगोर्खासहित पाँच नेपालीको मृत्यु



लण्डन । बेलायतमा तीनसाताको अन्तरालमा पाँच जना नेपालीको निधन भएको छ ।

बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या पाँच पुगेको हो । विगत केही दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।

सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आइसोलेसनमा बसेका थिए ।

बुधबार ३ बजेतिर गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल गएका उनलाई साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।

आजै लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना बृद्धको मृत्यु भएको छ । उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

मंगलबार मात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । उनको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् ।

५९ वर्षीय गुरुङ पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्लीमा श्रीमती गंगादेवीसंग बस्दै आएका थिए ।

निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति सेल्फ आइसोलेसनमा घरमा बसेका उनी गत १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल गएका थिए । उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

यसअगाडि बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अर्यालको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनी झण्डै ३ साता अगाडि नेपालबाट बेलायत आएका थिए । नेपालबाट बेलायत आएको केहीदिनमा नै उनमा ज्वरो र खोकी लगायतका लक्षण देखा परेका थिए । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

बेलायतमा कोरोना संक्रमणबाट पहिलो नेपालीको मृत्यु भने मार्चको तेश्रो साता भएको हो । पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई लण्डनको साउथ ह्यारोमा बस्दै राईको मृत्यु लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भएको थियो । मृतक पछिल्लो एक महिनादेखि निमोनियाबाट थलिएका थिए ।

झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो ।

अस्पतालबाट घर फर्किएको तीनचार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल