३१ भदौ २०८३, बुधबार | September 16, 2026

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ।

बिहीबार कास्की जिल्ला कमिटीको बैठकमा निर्वाचनको समीक्षा गर्दै बोल्ने क्रममा उनी अचानक ढलेका थिए। त्यसपछि तत्कालै उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका छन्।

उनको शव हाल मणिपाल शिक्षण अस्पतालमै राखिएको छ। जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको प्रारम्भिक जानकारी दिइएको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनलाई कास्की–२ बाट उम्मेदवार बनाइएको थियो। तर पार्टीभित्र विरोध भएपछि उनको उम्मेदवारी फिर्ता लिँदै सो स्थानबाट रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ४ : १० बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।