४ पुस २०८२, शुक्रबार | December 19, 2025

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३० पुग्यो



काठमाडौ । उदयपुरमा कोरोना भाइरसबाट १२ जना संक्रमित भएका छन् । चितवनमा दुईजनामा कोरोना संक्रमण भएको पाइएको छ ।

उदयपुरका १२ जनामा एकैसाथ कोरोना भाइरसका. संक्रमण भएको हो । कोशी अस्पतालमा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पाइएको हो ।

उदयपुरमा संक्रमण हुनेहरु अधिकांश भारतीय नागरिक छन् । उनीहरु त्रियुगाको मस्जिदमा बसेका थिए । भुल्केको मस्जिदमा बसेका भारतीयको मंगलबार स्वाब संकलन गरिएको थियो । कोशी अस्पतालमा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

त्यस्तै चितवनमा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुरमा पोटेटिभ देखिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । उनीहरुको काठमाडौंमा पनि कोरोना संक्रमण भएको पाइएको स्रोतले जनाएको छ । चितवनमा संक्रमित आमा छोरा हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने उदयपुर र चितवनको रिपोर्ट आफूसम्म आइनपुगेको बताएका छन् । चितवन र उदयपुरका कोरोना संक्रमितसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको