४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउनको मौका छोपी सुन चोर्न खोज्ने प्रहरीको फन्दामा



बुटवल । लकडाउनको मौका छोपी सुनचांदी पसल चोर्न खोज्ने ३ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।

बुटवल उपमहानगर पालिका वार्ड नम्बर १२ स्थित सिर्जना सुनचांदी पसल फोडेर सुनका गहना चोर्दै गरिरहेको अवस्थामा स्थानीय मनोज बिश्वकर्मा सहित ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलको गस्तीटोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट सटर फोड्न प्रयोग गरिने औजारहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका मध्य २ जना १८ वर्ष मुनीका भएकाले उनीहरुको नाम भने प्रहरीले सार्वजानीक गरेको छैन ।

पक्राउ परेकालाई हिसासतमा राखि अनुसन्धान गर्न आजै अदालतबाट म्याद थप गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।

सटर फोडेर भित्र जांदाजांदै प्रहरीले थाहापाई उनीहरुलाई पक्राउ गरेका कारण कुनै धनमाल चोरी गर्न भने नपाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको