९ चैत्र २०८२, सोमबार | March 23, 2026

लकडाउनबारे निर्णय लिन बोलाइएको मन्त्रिपरिषद् बैठक सर्‍यो



काठमाडौ । लकडाउन के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक बेलुकी ५ बजेसम्मलाई सरेको छ । प्रधानमन्त्रीको व्यस्ताले गर्दा बैठक सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले लकडाउनका विषयमा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिमसँग छलफल गर्ने तयारी छ । यसअघि मन्त्रिपरिषद् बैठक दिउँसो दुई बजेका लागि बोलाइएको थियो ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्यदलको सुझावका आधारमा एकहप्ता लकडाउन थप्न सुझाव दिएको थियो ।

अर्को हप्तादेखि भने लकडाउनलाई खुकुलो बनाउने सुझाव पनि समितिको कार्यदलले दिएको छ । चैत ११ गतेदेखि जारी लकडाउन भोलि सकिदैछ ।

लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रण उन्मुख भएको उच्चस्तरीय समितिको निष्कर्ष छ । उच्चस्तरीय समितिमा भने कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउने विषयमा पनि हिजो छलफल भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४६ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा