४ पुस २०८२, शुक्रबार | December 19, 2025

झापामा थप एक जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५२ पुग्याे



झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा थप एक जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना देखिएकाे छ । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ५१ हजार ३६७ जनाले कोरोना परीक्षण गराएका छन् । तीमध्ये पिसीआर विधिबाट ९ हजार ९३१ र र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा २ हजार ९६ को परीक्षण गरिएको देवकोटाले बताउनुभयो ।

यस्तै, १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ११० जना छन् । तीमध्ये ६ जना काठमाडौं उपत्यकामा आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : १३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा