९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ७ हजार भन्दा बढी पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ८ लाख ७८ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या ८ लाख ७८ हजार ५९८ पुगेको छ । भने संक्रमितको संख्या २९ लाख ९५ हजार ३० पुगेको छ ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटरका अनुसार कोरोना संक्रमणका कारण २ लाख ७ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ । युरोपमा ४ लाख ७ हजार ४९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख २० हजार ११८ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ३२५ जना निको भएका छन् । ती मुलुकहरुमा ५८ हजार ७०३ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख २० हजार ७७२ जना कोरोना संक्रमित निको भएका छन् । एसियाली मुलुकमा १६ हजार ९५३ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ९२४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ६ हजार २० जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका ३१ हजार १०२ जनामध्ये ९ हजार ५३० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलिया तथा ओसिनिया मुलुकहरुमा अहिलेसम्म १०१ जनाको मृत्यु भएको छ भने ६ हजार ७३३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ५७ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड