४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउन उपयोग : झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा



बलेवा । बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किनुभयो ।

बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उहाँको घरछेउको बारी कोतर्ने कोही थिएनन् । न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै घर छेउको बारी बाँझियो, जङ्गली जनावरको बासस्थानजस्तै रूप झाडीले बदल्यो ।

लकडाउनको पालना गर्न घर पुग्नुभएका उहाँले सात वर्षपछि अहिले बारी खनजोत गर्नुभयो । झाडीमा बदलिएको बारीले लकडाउनकै कारण सुसार पायो ।

घर छेउमा रहेको सात रोपनी बारीमा उहाँले मकै लगाउनुभयो । “घर बस्न नपाएर बाँझिएको बारीमा चितुवा नै बस्छ जस्तो थियो”, हमालले भन्नुभयोे, “यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै लगाएँ ।” उहाँले अब बारी बाँझो नराख्ने सोच बनाउनुभएको छ ।

झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो । प्रविधिले उहाँलाई साथ दियो र मिनिपावर ट्रिलरले बारी कोतर्नुभयो । “गोरु नपाइने, जोत्ने मान्छे पनि नहुने”, उहाँले भन्नुभयो, “अब त मेशिनले जोतेरै भए पनि खेती गर्छु ।”

हमालले जस्तै बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन् । जिल्लाकै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा लकडाउनकै समयमा एक हजार केराका बिरुवा लगाइएको छ । केरा पकेट क्षेत्र घोषण भएको वडामा रहेका बाँझो खेतबारीमा केराका बिरुवा लगाइएको हो । लकडाउनमा बाहिरबाट गाउँ फर्केका युवाले केरा लगाउन घरमा भएका आफन्तलाई सघाइरहेका छन् । पकेट क्षेत्र भएकाले केराका बिरुवा त रोपिन्थे नै तर लकडाउनमा घर फर्केका युवाका कारण खाडल बनाउने, मलदिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताउनुभयो ।

जैमिनीमा केराका बिरुवा लगाउनका लागि कृषि प्राविधिक पनि खटिएका छन् । “लकडाउनको पालना गर्दै कृषि कर्म गर्न सकिन्छ भनेर सबै किसानालाई उत्साहित बनाइरहेका छौँ”, नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले भन्नुभयो, “हामीले बारीमै पुगेर सल्लाह दिएका छौँ, उहाँहरु सामाजिक दूरी कायम राखेर काम गरिरहनु भएको छ ।” बाँझो रहेको जमीन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा बाली लगाउन सल्लाह दिइएको शर्माले बताउनुभयो ।

साविकको कुश्मीशेरा गाविसका वडा नं १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको