९ चैत्र २०८२, सोमबार | March 23, 2026

रामग्राममा राहतका लागि राखिएको चामल न्यून गुणस्तरको, मिल संचालकलाई ठगी मुद्दा



बुटवल । नवलपरासीको रामग्राम नगरपालिकाबाट राहतका रुपमा वितरण गरिएको चामल न्यून गुणस्तरको रहेको पाईएको छ ।

सो नगरपालिकामा वितरण गरिएको राहत चामल गुणस्तरहीन भएको जनगुनासो आएपछि गरिएको ल्याव परीक्षणमा चामल न्यून गुणस्तरको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ । स्थानीय राजेश राईस मिल रामग्राम ६ पोखरापालीबाट उत्पादन गरिएको चामल नगरपालिकाको परिषरमा राहत वितरण गर्ने भनि राखिएको थियो ।

सोही चामलको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको साथै खाद्य ऐनको समेत उलंघन गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दहालले जानकारी दिनुभयो । उहाँका अनुसार राहतका लागि भनि वितरण गर्न राखिएको चामल न्यून गुणस्तरको भएको गुनासो सँगै कार्यालयमा उजुरी परेको थियो ।

सो उजुरीका आधारमा कार्यालयका खाद्य निरीक्षक पदमराज भुषालको नेतृत्वमा रहेको टोलीले चामलको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा उक्त चामल न्यून गुणस्तरको रहेको र मिलले खाद्य ऐनको समेत उलंघन गरेको पाइएको थियो ।

ऐन उलंघन गरिएको कसुरमा राजेश राईस मिलका संचालक पटवारी बनिया उपर खाद्य ऐन २०२३ दफा ३ उपदफा २ वमोजिम कार्वाहीका लागि जिल्ला प्रशाशन कार्यालय नवलपरासीमा र न्यून गुणस्तरको कमशल चामल विक्रि गरेकोमा खाद्य ऐन ०२३ दफा ५ को उपदफा १ बमोजिम कार्वाहीका लागि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख विमल कुमार दहालले जानकारी दिनुभयो ।

चामलको नुमना १० केजी र १५ केजीका दुई शिलवन्दी प्याकेटबाट गरिएको समेत दहालले बताउनुभयो । मिल संचालक वनिया उपर आईतबार मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ४६ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड