४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुलमुलमा नजाऔं, हावामा पनि कोरोना भाईरसको अंश भेटियो



एजेन्सी । चीनका वैज्ञानिकहरुले कोरोना अति प्रभावित स्थानका हावामा पनि कोरोना भाईरसका अनुवांशिक तत्व फेला परेको खुलासा गरेका छन ।

चीनको वुहान विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका हुन । यद्यपी यसबाट संक्रमण फैलने वा नफैलने भन्ने बारेमा यकिन हुन बाँकी नै छ । अध्ययनका लागि वैज्ञानिकहरुले फेब्रुअरी र मार्च महिनामा ३१ स्थानबाट ४० वटा नमुना संकलन गरेका थिए ।

वैज्ञानिकहरुले मानिसहरुको आवागमन बढी हुने अस्पताल नजिकको हावाको नमुना पनि लिएका थिए । यो अध्ययनबाट भेंटिलेसन भएको स्थानको हावामा थोरै र भेंटिलेसन नभएका स्थानको हावामा कोरोना भाईरसको अनुवांशिक तत्व धेरै रहेको अनुशन्धानबाट पत्ता लागेको छ ।

अनुशन्धानबाट मानवीय भिडभाड भएको स्थान र अस्पताल बाहिरको क्षेत्रको हावामा कोरोना भाईरसको अंश अधिक भेटिएको पत्ता लागेको छ । खासगरि चिकित्सकहले पीपीईलगायतका आफ्ना ब्यक्तिगत सुरक्षा सामाग्री खोल्ने स्थानका हावामा पनि कोरोना भाईरसको अंश बढी भेटिएको छ ।

यसबाट कपडा खोल्दा कोरोना भाईरस हावामा फैलन्छ भन्ने तर्क पुष्टि भएको वैज्ञानिक अध्ययनबाट देखिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको