३ पुस २०८२, बिहिबार | December 19, 2025

तिलोत्तमामा तेस्रो चरणको राहत वितरण



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो ।

तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण गरेको थियो । लकडाउनको समय थपिँदै जाँदा राहतग्राहीहरुको संख्या बढ्दै गएपछि तिलोत्तमाले तेस्रो चरणको राहत वितरण थालेको हो । यस पटकको राहत परिवार संख्याको आधारमा तीन तहमा बाँडेर वितरण गर्न थालिएको नगर उपप्रमुख एवं राहत व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

कार्यपालिकाको निर्णयअनुसार दुई जना व्यक्ति भएको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई २५ किलो चामल, तीन किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एउटा साबुन समेत प्रदान गरिने उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो चरणमा लक्षित सबै परिवारलाई दश किलो चामल, दुई किलो दाल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएकोमा यस पटक राहत परिमाणलाई बढाइएको हो । टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई तेस्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडाको खाद्य बैंकमा संकलन भएको राहत परिमाणको आधारमा अपुग खाद्यन्न खरिद गरेर वितरण प्रक्रिया अघि बढाएको हो । नगर प्रमुख बासुदेव घिमिरेले राहत लक्षित वर्गसम्म पुगोस् भन्नेमा नगरपालिका सचेत रहेको बताउँदै वास्तविक लक्षित वर्गको पहिचानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । हैसियत भएकाले राहत लिनु भनेको नसक्नेले प्राप्त गर्ने राहत खोस्नु सरह भएको बताउँदै उहाँले नगरपालिकामा रहेका जोकोहीलाई खाद्य अभाव भएमा जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

संघीय सरकारले दिएको निर्देशन अनुसार राहत वितरणको मापदण्ड बनाएर संकलन, खरिद तथा वितरण गरिएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ । तिलोत्तमाले खाद्य बैंक स्थापना गरी सक्नेहरुलाई स्वेच्छिक खाद्यन्न संकलन गर्न आह्वान गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : २४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको