९ चैत्र २०८२, सोमबार | March 23, 2026

तिलोत्तमामा तेस्रो चरणको राहत वितरण



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले तेस्रो चरणको राहत वितरण सुरू गरेको छ । पहिलो र दोस्रो चरणमा ३ हजार ३ सय घर परिवारलाई राहत वितरण गरेको नगरपालिकाले तेस्रो चरणमा झण्डै ४ हजार परिवारलाई राहत दिन थालेको हो ।

तिलोत्तमाले लकडाउन सुरु भएलगत्तै पहिलो चरणको राहत वितरण गरेको थियो । लकडाउनको समय थपिँदै जाँदा राहतग्राहीहरुको संख्या बढ्दै गएपछि तिलोत्तमाले तेस्रो चरणको राहत वितरण थालेको हो । यस पटकको राहत परिवार संख्याको आधारमा तीन तहमा बाँडेर वितरण गर्न थालिएको नगर उपप्रमुख एवं राहत व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

कार्यपालिकाको निर्णयअनुसार दुई जना व्यक्ति भएको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, दुई किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई २५ किलो चामल, तीन किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एउटा साबुन समेत प्रदान गरिने उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो चरणमा लक्षित सबै परिवारलाई दश किलो चामल, दुई किलो दाल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएकोमा यस पटक राहत परिमाणलाई बढाइएको हो । टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई तेस्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडाको खाद्य बैंकमा संकलन भएको राहत परिमाणको आधारमा अपुग खाद्यन्न खरिद गरेर वितरण प्रक्रिया अघि बढाएको हो । नगर प्रमुख बासुदेव घिमिरेले राहत लक्षित वर्गसम्म पुगोस् भन्नेमा नगरपालिका सचेत रहेको बताउँदै वास्तविक लक्षित वर्गको पहिचानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । हैसियत भएकाले राहत लिनु भनेको नसक्नेले प्राप्त गर्ने राहत खोस्नु सरह भएको बताउँदै उहाँले नगरपालिकामा रहेका जोकोहीलाई खाद्य अभाव भएमा जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

संघीय सरकारले दिएको निर्देशन अनुसार राहत वितरणको मापदण्ड बनाएर संकलन, खरिद तथा वितरण गरिएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ । तिलोत्तमाले खाद्य बैंक स्थापना गरी सक्नेहरुलाई स्वेच्छिक खाद्यन्न संकलन गर्न आह्वान गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : २४ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत